काठमाडौं । कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो ।
तर मूल्य वृद्धिका लागि विगत लगातार अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील नहुँदा समस्या अहिले झन् चर्किएको छ ।
सर्वसाधारण मात्र होइन, सरकारी निकायले पनि सिटामोल पाएका छैनन् । झन्डै डेढ सातायता माग ह्वात्तै बढेको छ । एउटै परिवारले ४, ५ पत्तासम्म सिटामोल किन्नुपर्ने अवस्था छ,’ अस्पतालका फार्मेसिस्ट भन्छन्, ‘सिटामोल यथाशीघ्र आपूर्ति गर्न पटक–पटक ध्यानाकर्षण गराइएको छ तर लिमिटेडले आश्वासन मात्र दिने गरेको छ ।’
खासमा सिटामोलको मूल्य बढाउन उद्योगहरूले उत्पादन घटाएर कृत्रिम अभाव सिर्जना गरिएको फार्मेसी सञ्चालकहरूको भनाइ छ ।
व्यवसायीहरूले मूल्य बढाउन सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उपभोक्ता अधिकारीकर्मीहरू बताउँछन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले केही उत्पादक र व्यापारीको चरम सिन्डिकेट र कार्टेलिङ गरेका कारण सिटामोल अभाव भएको दाबी गरे । महामारीको यो घडिमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले तत्काल हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।
औषधिको अनुगमन गर्ने दायित्व पाएको विभागमा ३, ३ महिनामा महानिर्देशक परिवर्तन हुन्छन् । कुन औषधि कहाँ दर्ता भए, उत्पादन र आयातको कुनै तथ्यांक छैन ।
नेपालमा सरकारी लगानीमा सिटामोल उत्पादन गर्ने जिम्मेवारी पाएको नेपाल औषधि लिमिटेड भने आफ्नो कमजोरीका कारण अभाव सिर्जना नभएको दाबी गरेको छ ।
बजारमा सिटामोल अभाव देखिएपछि औषधि लिमिटेडलाई सक्रिय बनाइएको उनले बताए । लिमिटेडले एक दिनमा एक लाख चक्की सिटामोल उत्पादन गरिरहेको उनले जानकारी दिए । ‘अहिले मुख्य समस्या आपूर्तिको हो । भारतबाट आए पनि महँगो पर्छ । प्रतिट्याब्लेट १.७० रुपैयाँ पर्छ ।
भारतीय बजारमा भन्दा नेपाली बजारमा सिटामोलको मूल्य कम छ । भारतमा एक चक्कीको पौने दुईदेखि सवा दुई रुपैयाँसम्म पर्छ ।
बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्न दायित्व पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक पेमकुमार श्रेष्ठले औषधि व्यवस्था विभागसँग सहकार्य गरेर अनुगमन गरिने बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।