• मंसिर ११ २०८१, मंगलवार

गोल ब्रीफिङ : कलेजमा तोडफोड, १५ दिन विद्यालय बन्द, चुनावी चिन्ह प्रदान र नामावली प्रकाशन

पुष २५ २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम र त्यसले पारेको प्रभावको बारेमा गोल ब्रीफिङ गरिन्छ । यसका साथै सामाजिक, आर्थिक, कुटनीतिक, भ्रष्टाचार न्यूनीकरण, सुशासन र वैचारिक बहसलगायतका थुप्रै पक्ष पनि ब्रीफिङमा समेटिन्छन् । विशेष त दिनभरीका घटना परिघटनाको चियोचर्चा नै गोल ब्रीफिङका अर्थपूर्ण सामाग्री हुन् ।

कलेज तोडफोड :

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विगत केही दिनयता विवाद चुलिएको छ । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेजमा पढ्न रोक लगाएपछि विवादमा चुलिएको हो । विवाद समाधान नभई कक्षा सञ्चालन गरेको भन्दै आज (आइतबार) दिनभर उक्त कलेज तनावग्रस्त रह्यो ।

अतिरिक्त शुल्क खारेज गर्नुपर्ने भागसहित रिले अनसन बस्न पुगेका विद्यार्थीहरूलाई कलेज प्रशासनले रोकेपछि उनीहरूले तोडफोड गरेका हुन् । कलेजका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि झडप सुरु भएको थियो । विवाद समाधान नहुञ्जेल कक्षा सञ्चालनमा रोक लगाउने सहमतिविपरीत कलेजले कक्षा चलाएको थियो । उसले एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलित भएका छन् । त्यस्तै उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले कलेजमा तोडफोड गरेका हुन् ।

कलेजले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद समाधान नभएसम्म कक्षा सञ्चालन नगर्ने सहमति गरेको थियो । तर, सहमतिबेगर आज केही विद्यार्थी राखेर कक्षा सञ्चालन गरेपछि कलेज तोडफेनमा विद्याथीृहरू उत्रिएका थिए ।

१५ दिन विद्यालय बन्द :

काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा कोभिड संक्रमणको दर ह्वात्तै बढेको छ । दैनिक हजारभन्दा माथि संक्रमणको सिकार बन्दै गएका छन् भने केही दिनयता कोभिड संक्रमणबाट कोही कसैको ज्यान गएको छैन । तथापि संक्रमणको ग्राफ भने ह्वात्तै माथि उक्लिएको छ ।

भारतीय खुल्ला नाका र आन्तरिक तथा बाह्य हवाई उडान बन्द पनि गरिएको छैन । त्यस्तै देशका विभिन्न सार्वजनिक ठाउँहरूमा मानिसहरूको बाक्लो भिडभाड र सभा सम्मेलन गर्न रोक लगाइएको छैन । यसले पनि कोभिड संक्रमणलाई बढवा दिएको छ । यसका लागि हालसम्म राज्यले कुनै सावधानी भने अपनाएको छैन ।

यद्यपि स्वास्थ्य विद्हरूले विश्वस्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सतर्कताका लागि मापदण्ड अपनाउन र पालना गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार कोभिडको तेस्रो लहर आउन सक्ने प्रवल सम्भावना रहेको छ । उनीहरूले विभिन्न माध्यमबाट कोभिडको तेस्रो लहरको संकेत देखिएकोले सकर्त रहन आग्रह गर्दै आएका छन् ।

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो ।

चुनावी चिन्ह प्रदान र नामावली प्रकाशन :

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने भएको छ । त्यसका लागि उसले उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आज (आइतबार) सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ ।

त्यस्तै आयोगले आजै उमेदवारलाई निर्वाचन चिह्न पनि प्रदान गरेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आसन्न माघ १२ गते हुँदैछ ।

हेर्नुहोस्, कसले के चिह्न पाए ?