काठमाडौँ। बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि जितेर स्वदेश फर्किएको नेपाली महिला भलिबल टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र चन्दलगायत संघका पदाधिकारीले स्वागत गरेका थिए ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रोपटक उपाधि उचालेको थियो ।
यसघि नेपालले सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो ।