• मंसिर १३ २०८१, बिहीबार

टाउको फुट्ला झैं दुख्ने माइग्रेनबाट बच्ने घरेलु उपाय

पुष १० २०७८, शनिबार

तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ ।

सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ ।

टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य नै आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षणस रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् ।

के हो माइग्रेन ?
माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५, २० दिनमा पनि टाउको दुख्ने हुन्छ ।

माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ ।

माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र वान्ता हुनेसम्म हुन्छ ।

यस्तै आलश्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पुर्याउन सक्छ ।

माइग्रेनबाट बच्ने घरेलु उपाय
पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ । यसबाट मुक्ति पाउने घरेलु उपाय हामी यहाँ बताउँछौं । तुलसीको तेल प्रयोग गर्नुभयो भने माइग्रेनबाट छुटकारा पाउनुहुन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ । लवेन्डरको तेलले पनि माइग्रेन घटाउन मद्दत गर्छ । एउटा कचौरामा ६ कप उम्लेको पानी हाल्नुस् । त्यसमा केही थोपा लवेन्डर तेल हाल्नुस् । अनि यसको बाफ लिनुस् । माइग्रेनबाट मुक्ति पाइन्छ । लवेन्डरको तेल कनपटीमा दल्नुभयो भने पनि आराम पाउनुहुन्छ ।

माइग्रेनमा टाउको दुख्ने समस्या भएमा मन्द संगीत सुन्नु फाइदाजनक हुनसक्छ । मधुरो संगीत तथा धुनले मनलाई अन्तै मोड्नुका साथै दिमागलाई शान्त पार्छ ।

माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।