तनहुँ । तनहुँमा आजदेखि चट्टान आरोहण प्रतियोगिता शुरु भएको छ ।
बन्दिपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लब पोखराको संयुक्त आयोजनामा बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहराको संरक्षणका लागि आजदेखि चट्टान आरोहण प्रतियोगिता सुरु भएको हो ।
‘साहसिक पर्यटनको प्रवर्द्धन गरौँ : विमलनगर चुनपहरा जोगाऔँ’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता यही स १२ गतेसम्म सञ्चालन हुनेछ । पृथ्वीराजमार्ग विस्तारका क्रममा यस ठाउँ भत्किने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउन प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा पुरुष र महिला दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । चट्टान आरोहणका लागि नेपाली र विदेशी गरी ५० जना सहभागी हुने गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो । जापान र नेदरल्याण्ड्सका एक÷एक जना नागरिकले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुनेलाई क्रमशः रु ५० हजार र रु २५ हजार प्रदान गरिनेछ ।