बुद्ध दर्शनमा आनन्द र अनुभूतिलाई आदरका साथ हेरिन्छ । शाल्पा तेन्जिन रिन्पोछेले प्रत्येक स्वासमा आनन्द शिर्षकमा किताब लेखेका छन् । यसैले बौद्ध दर्शनले आनन्द अनुभूतिलाई महत्व दिएको दिएको छ । शाल्पा एक ठाँउमा लेख्छन्– ‘जीवन साच्चै महत्वपूर्ण मौका हो । यदी हामी सम्पूर्णतामा बाँच्न चाहन्छौं भने हाम्रो चाहनाबारे स्पष्टत हुन जरुरी छ । हाम्रो उद्धेश्यको परिक्षण गरेर प्रत्येक क्रियाकलाप गर्नु सर्वोत्तम हो ।
शाल्पाले भने जस्तै हाम्रो उद्धेश्य निर्धारण हुन जरुरी छ । सहि उद्धेश्यले हाम्रो जीवनलाई सहज बनाउन सक्छ । खुशी कुनै निरपेक्ष विषय होइन । खुशीको लागि असल ज्ञान चाहिन्छ । यस्ता असल ज्ञानको उत्पादन बौद्ध धर्म संघ मार्फत् हुन्छन् । भिक्षुहरुको आचार संहिताको निर्धारण हुनु बौद्ध धर्मसंहिता हो । यो बौद्ध धर्म संघ मार्फत् हुन्छ ।
संघम शरण गच्छामी अर्थात् संघको शरणमा जानू प्रत्येक बौद्धहरुको कर्तव्य हो । त्यहाँ विनम्रता, बिनयशिलता, इमानदारीता, दयालुपना, साधारणपना, खुल्लापना, आत्मविश्वास आदि सिकाइन्छ । एउटा साधारण मान्छेको जीवनमा माथिका कुराहरु अत्यावश्यक छ । जीवन व्यवहारमा यस्ता कुरालाई कार्यान्वयन गर्दा प्रत्येक स्वास आनन्दले फेर्न सकिन्छ । प्राणीको हितको लागि सोच्दा झन जीवन सार्थक र उद्धेश्यमूलक बन्छ ।
खराबी र नकारात्मकपना विरुद्ध जुध्नु एउटा असल मानिसको कर्तव्य हो । असल बिचारको निर्माण असल समाजको घोतक हो । असल समाजको निर्धारण खराबको अन्त्य हो ।
धार्मिक महत्व र ऐतिहासिक पृष्ठभूमि :
विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए ।
उनले ‘हिन्द बुधे जाते शाक्यमुनीति’ (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रूपमा लुम्बिनीमा पाउन सकिन्छ । सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे ।
साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरूको भ्रमण समेत गरे । प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरूमा चिनियाँ यात्रीहरु त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौँ शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए ।
यी यात्रीहरूमा हुयेन साड्डको यात्रा विवरणहरूले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु” भनी लेखे ।
त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाका बडाहाकिम जनरल खड्गशम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरि चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशरशम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे ।
भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् । सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्रका साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरूको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो ।
१९८५ देखि स्वायत निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्तरूपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रूपमा विकसित हुँदै गइरहेको छ ।
चार आर्य सत्य
१) दुःख : यस दुनियाँमा सबै केही दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई न पाउनुमा, सबैमा दुःख छ ।
२) दुःख प्रारम्भ : तृष्णा, या चाहना, दुःखको कारण छ र फेरि सशरीर गरेर संसारलाई जारी रख्दछ ।
३) दुःख निरोध : तृष्णाबाट मुक्ति पाएमा जान सक्दछ ।
४) दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाएमा जान सक्दछ ।
बुद्धको पहिले धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साधुहरूलाई दिएका थिए, यी चार आर्य सत्यहरूका बारेमा थिए ।