• मंसिर १२ २०८१, बुधबार

एकल महिलाको सशक्तिकरण

मंसिर १४ २०७८, मंगलवार

राजीन रायमाझी,

पितृसत्तात्मक सोचले जकडिएको समाजमा महिलाहरु अझै लैङ्गिक विभेद सहन वाध्य छन् त्यसमा पनि एकल महिला भित्र पर्ने विधवा एकल महिलाहरुले भोग्दै आएका पीडा त झनै बेग्लैछ । श्रीमानको मृत्यु भएपछि महिला विधवा हुन्छिन् ? विधवा भएकै कारण उनले हिंसा भोग्न पर्छ ? वैवाहिक अवस्थाका आधारमा नै भेदभाव गर्ने हो भने यो  पुरुषमा किन लागु हुदैन ? यिनै प्रश्नहरुको सेरोफेरोमा दुई दशक अघि स्थापना भएको मानव अधिकारको लागि महिला, एकल महिला समूहले आज पर्यान्त यस्तै प्रश्नको जवाफ खोजिरहेको छ ।

विधवा महिलाहरुलाई समाजले विभिन्न किसिमको आरोप प्रत्यारोप हरु लगाउने गर्दछन् । एकल (विधवा) महिलाहरुलाई समाजले अभिश्रापको रुपमा लिने गरेको पाइन्छ । उनीहरुलाई अझै पनि अशुभ र श्रीमानको मृत्युको कारणको रुपमा लिने गरिन्छ । श्रीमान नभएका महिलाहरु पनि स–सम्मान आफ्नो हक अधिकारलाई प्रयोग गरि  बाँच्न पाउनुपर्छ भन्ने मुल्यमान्यता तथा आफ्नो परिवारमात्रै पाल्ने नभई समग्रमा यो देशको विकासको मूलधारमानै योगदान गर्न सक्दछन् ।

हाम्रो समाजमा दुई दशक अगाडि विधवा महिलाहरुको अवस्थालाई हेर्दा सामाजिक, सा“स्कृतिक तथा कानूनी विभेद र असमानताको खाडल निकै ठूलो थियो । श्रीमानको मृत्युको कारक तत्वसंगै अलच्छीनी अशुभजस्ता उपनाम दिएर विधवा महिलाहरुको नामाकरण गर्ने गलत चलन थियो । । आज २५ वर्ष पछिको समय सम्म आईपुग्दासम्म पनि कुनैनकुनै बहानामा एकल महिलामाथि गरिने विभेद प्रकट भएकै छ । फरक यत्ति हो कि हिजो यातना सहेर बस्ने एकल हजारौ एकल महिलाहरु संगठित भएका छन् । आफ्नो आत्मसम्मानका लागि डटेर लड्न बोल्न सक्छन् ।

उनीहरुले अहिले स्थानिय तहदेखि हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय तह सम्ममा एकल महिलाका सवालहरुमा वकालत गर्दै आएका छन् छ । २०६८ को  तथ्यांकले नेपालमा ४,९८,६०६ एकल (विधवा) महिलाहरु छन् भने यस मध्ये ११ प्रतिशत एकल महिलाले पढुन र लेख्न सक्छन् । ८७.५ प्रतिशत एकल महिला निरक्षर छन् । शसस्त्र द्वन्द्वको कारणले नेपालमा झण्डै ९,००० महिलाहरु एकलभएका थिए भने बर्षेनि हुने प्राकृतिक प्रकोप, महाभुकम्प र अहिलेको कोरोना महामारीको कारणले पनि एकल महिलाहरुको संख्या कति होला भनेर हामी अनुमान लगाउन सक्छौं ।

समुहमा संगठित भएका एकल महिलाहरु दिनानुदिन परिर्वतनका वाहकमा रुपमा देखीन थालेका छन् । राज्यले पनि एकल महिलाको आवाज सुन्न थालेको छ । फलस्वरुप हाल समुदायमा एकल महिलाहरुको पहिचान हुनुको साथै राज्यको मुल प्रवाहीकरणमा एकल महिलाहरु सम्बोधन हुन सफल भएका छन् । सरकारको वार्षिक योजनामा पर्नुको साथै मुलुकी ऐनमा लगायत अन्य कानुनमा एकल महिला विरुद्धको विभेदकारी कानुनह पनि परिवर्तन गर्न र एकल महिलाहरmको लागी सामाजिक सुरक्षाका विशेष नितीहरु ल्याउन पनि राज्य सफल भएको छ ।

मानव अधिकार, विधिको शासन र लोकतान्त्रिक व्यवहार सभ्य समाजको साथै सार्वजनिक तथा सामाजिक जीवनका अनिवार्य सर्त हुन । नेपाल सरकारले संयूक्त राष्ट्र संघको सदस्यता लिई सकेपछि विभिन्न अन्तराष्ट्रिय मानव अधिकारका संयन्त्रहरूमा आफुले पालना गर्ने र गराउने भनि हस्ताक्षर गरिसकेको छ । जसमा विषेशगरि महिला तथा वालवालिकाको लागि गरिएका अभिसन्धिहरू सिड, सिआरसीर सशस्त्र द्वन्द्वका बेलामा महिला तथा बालवालिका सुरक्षाको लागि गरिएका संयुक्त राष्ट्रिय संघ सुरक्षा परिषद् १३२५ र १८२० लगायत थुप्रै दस्तावेजहरुमा हस्ताक्षर गरिसकेको छ ।

यस्ता अभिसन्धि तथा दस्तावेजहरुको धाराहरूमा भएको ब्यवस्थाको वारेमा त्यति धेरै नागरिकहरु प्रष्ट छैनन् र सो धाराहरू कार्यान्वयनतर्फ पनि सरकारको सक्रिय भएको पाईदैन तर इतिहासमा दुई दशक देखी हजारौ एकल महिलाहरु एकल महिला माथी हुने सामाजिक विभेद, अन्याय अत्याचार विरुद्धमा एक जुटहुदै सामाजिक परिवर्तनको लागि सामाजिक अभियान कर्ता तथा मानविय सहयोगको लागि सहयोगीको भुमिकामा अग्रपंक्तीमा रहेको पाईन्छ । एकल महिलाको नीति निर्माण तहमा प्रभाव पार्दै सकारात्मक परिवर्तनमा एकल महिलाले गरेको योगदान उल्लेखनीय छन् । एकलम महिलाहरु राजनीति, समाािज आर्थिक रुपान्तरण, उच्च तहमा सहभागिताका साथै मुलुकमा आइपर्ने आपतविपतमा समेत उक्तिकै सक्रिय भएर लाग्दैआएका छन् ।

२०७२ सालमा आएको महाविनासकारी भुकम्पको समयमा पनि हजारौ एकल महिलाहरु समुदायमा परिचालित भई राहत तथा उद्धारका खटिए । त्यसै गरि बर्षेनी आउने बढी पहिरोमा पनि सक्रियताका साथ राहत तथा उद्धारका लागि समुदायमा सहोगीको भुमिकामा एकल महिलाहरु देखिन्छनु । आज विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा पनी एकल महिलाहरु पनि अग्रपक्तीमा रहेर जोखिमा परेका समुदायहरुलाई , स्वास्थ्य कर्मीहरुलाई र विरामीहरुलाई सहयोग गरिरहेका छन् ।

उकल महिला समूहले दैनीक ४०० वटा तातो खाना लिएर काठमाण्डौं भित्रका १२ वटा अस्पतालमा पुग्दछन् भने विभिन्न नगरस्तरीय आईसोलेन केन्द्रमा रहेका विरामीहरुलाई पोषिलो खानेकुरा, त्यसै गरि भेरी अञ्चल अस्पताल बाँके जिल्लामा २५० जना विरामीहरुका लागि पोषिलो खानेकुरा उपलब्ध गराउने, कोभिडको कारणले श्रीमान गुमाएका महिलाहरलाई घरदैलो गरि मनोपरार्मश लगायत विपन्न्रताको जोखिममा परेका परिवारहरुलाई राहत वितरण जस्ता थुप्रै मानविय सहयोगको भुमिका खेलेको छ ।

(लेखक एकल महिलाअधिकारकर्मी हुनुहुन्छ ।)