काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) पदमा निर्वाचित सदस्यहरूले प्राप्त गरेको मत विवरण सार्वजनिक भएको छ।
उपलब्ध विवरणअनुसार वासना थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। त्यस्तै, उर्मिला थपलियाले २ हजार ६४७, निमा गिरीले २ हजार ६२०, कुसुमदेवी थापाले २ हजार १२९ र धना कुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेकी छन्।
मत विवरणअनुसार अनिता देवकोटाले १ हजार ९३०, विनिता खड्काले १ हजार ८९२, लक्ष्मी पाण्डेले १ हजार ७७२, सृजना अधिकारीले १ हजार ७६२ र मुना भुसालले १ हजार ६३२ मत प्राप्त गरेकी छन्।
त्यसैगरी, चिनी पोखरेल (चिनु) ले १ हजार ५६४, रिता थापा मगरले १ हजार ५१०, कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८ र निर्मला तामाङ बस्नेत (नीरु) ले १ हजार ४२४ मत प्राप्त गरेकी छन्।
अकला गुरुङले १ हजार ३३८, सम्झना खत्रीले १ हजार २५६, गंगा शाही र निर्मला क्षेत्रीले समान १ हजार २२२ तथा गीता सत्यालले १ हजार १६७ मत प्राप्त गरेकी छन्।
जमुना ढकालले १ हजार १६०, इन्दिरा चौलागाईंले १ हजार ४१, गण्डकी थापा अधिकारीले १ हजार ३०, भगवती काफ्ले भण्डारीले १ हजार १९ र नम्रता बरालले ९६७ मत प्राप्त गरेकी छन्।
त्यस्तै, राधिका कटुवालले ९६६, सुमित्रा कुमारी बमले ९४४, रिता सेन ओलीले ८८९, तुलसी देवकोटाले ८६२, पवित्रा कुमारी अर्यालले ८१७, भवानी देवकोटाले ७९९ र यस्मिन ढुंगानाले ७७५ मत प्राप्त गरेकी छन्।
विष्णु कुमारी सापकोटाले ५६९ र मोदती के.सी.ले ५५० मत प्राप्त गरेको विवरणमा उल्लेख छ।
उपलब्ध विवरणअनुसार ४ हजार ६८९ मत गणना हुँदा १२ मत बदर भएका थिए।