• आश्विन २४ २०८३, शनिबार

बुढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका तीन जना आज सार्वजनिक

आश्विन २३ २०८३, शुक्रबार

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा २१ किलो सुनसहित हिजो राती पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । घरभित्रै सुन गाल्ने मेसिन सहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरूले बुढानीलकण्ठ नगरपालिका वडा नंबर ३ भंगालमा मासिक ३ लाख ३० हजारमा घर भाडामा लिएर तस्करीको सुन गाल्ने गरेका थिए ।

प्रहरीले उनीहरूबाट सुन गाल्ने मेसिन समेत बरामद गरेको छ । भंगालमा सुन कारोबार भैरहेको सूचनाका आधारमा प्रहरीले एक हप्तादेखि निगरानी बढाउँदा २१ किलो सुन सहित तीन जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
उनीहरुले सुन ओसारपसारका लागि कार समेत भाडामा लिएको बुझिएको छ ।