• आश्विन २४ २०८३, शनिबार

पोखरामा स्कुल बस दुर्घटना,३ जनाको मृत्यु

आश्विन २३ २०८३, शुक्रबार

पोखरा । पोखरामा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।

कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएको प्रहरीले जानकारी दिएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।  पोखराका एसपी नविन कार्कीका अनुसार  ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । उनले पनि तीनजनाको मृत्यु भएको जानकारी दिए ।

घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको छ।