धादिङ। नेपाली कांग्रेसकी युवा नेतृ सरीता राना मगर नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्ला क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
लामो समयदेखि जातीय तथा विद्यार्थी संगठनमा सक्रिय रहँदै आएकी राना मगर सामाजिक कार्यमा समेत क्रियाशील छिन्। उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघकी वर्तमान सहमहामन्त्री समेत हुन्।
विद्यार्थी नेतृत्वसँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय राना मगरले पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी प्राप्त गरेकी हुन्। उनको राजनीतिक सक्रियता विशेषगरी युवा तथा मगर समुदायसँग सम्बन्धित सामाजिक–संगठनात्मक गतिविधिमा केन्द्रित रहँदै आएको छ।