काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उले उम्मेद्वारी घोाषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले काँग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए ।
लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे ।
डा। शर्मा मोरङ–३ बाट काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका छन् । त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए ।
शर्मा नेपाली काँग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन् । काँग्रेसको १५औँ महाधिवेशन आईतवारदेखी काठमाडौंको खुलामञ्चमा हुँदैछ ।