• आश्विन १५ २०८३, बिहीबार

२४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ६३४ चालकमाथि कारबाही

आश्विन १४ २०८३, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ६३४ जना सवारीचालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६०, सीसीटीभीबाट पहिचान भएका ५३, संकेत बत्ती उल्लंघन गर्ने २८ र तीव्रगतिमा सवारी चलाउने ९३ जना छन् ।

त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने पाँचजना, लेन उल्लंघन गर्ने पाँच, सवारीसाधनको अवस्था ठिक नभएका १२ र एकतर्फी सडक अनुशासन पालना नगर्ने पाँचजनालाई कारबाही गरिएको उक्त कार्यालयले जनाएको छ ।
अन्य विभिन्न सवारी नियम पालना नगर्ने ३७३ जनालाई जरिवानासहितको कारबाही गरिएको छ ।