काठमाडौं । हावाहुरीले ढलेको रुखले च्यापिएर रोल्पाको गाममा ८ कक्षामा अध्ययनरत एकजना छात्राको मृत्यु भएको छ ।
प्राप्त समाचार अनुसार यही असोज १० गते गाममा अवस्थित श्री जनता आधारभूत विद्यालय सुनछहरी गाउँपालिका वडा नम्बर २ भित्रीगाम झेलगुङ निवासी कक्षा ८ मा अध्ययरत छात्रा अस्मिता बुढामगरको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।
असोज गत १० गतेका दिन आएको भारी वर्षा तथा हावाहुरीले रुख ढलेर च्यापिँदा उनको मृत्यु भएको हो । उनको मृत्युको खबर थाहा पाएका उनका आफन्तले सामाजिक संजालमा मृतक बुढाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।