पोखरा । मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, स्थानीय ठाडो खोलाबाट झरेको लेदो सहितको पहिरोले नदी थुनिएको हो।
योसँगै नदीमा ताल बन्न थालेको छ । मर्स्याङ्दीमा साईरन बज्न थालेको स्थानीयले बताएका छन् । तटीय क्षत्रका सबै सचेत रहन प्रशासनले आग्रह गरेको छ।