• आश्विन १२ २०८३, सोमबार

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्रनु गैरन्यायिक हाे : याेगेश भट्टराई

आश्विन ११ २०८३, आईतवार

काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको बताएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता भट्टराईले सरकारको उक्त कदमको कडा विरोध गरेका हुन्। कुनै सुरक्षा चुनौती भए सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भए पनि मध्यरातमा गरिएको पक्राउलाई कुनै पनि बहानामा उचित ठहर्‍याउन नसकिने उनको भनाइ छ।

‘सुरक्षा चुनौती रहेछ भने सुरक्षा दिनु राज्यको दायित्त्व हो, तर मध्यरातमा गरिएको गिरफ्तारी कुनै बहानाबाजीबाट पनि उचित मान्न सकिँदैन,’ भट्टराईले लेखेका छन्, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक छ।‘

उनले सरकारलाई यस्ता स्वेच्छाचारी कदमहरू तत्काल रोक्न चेतावनी दिँदै भनेका छन्, ‘सरकार यस्ता उटपट्याङ कामबाट पछि हट्नै पर्दछ।‘