• आश्विन १२ २०८३, सोमबार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

आश्विन ११ २०८३, आईतवार

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई महाराजगञ्जस्थित घरबाटै नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाएको छैन।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

उनीमाथि विभिन्न २१ अभियोग लगाइएको थियो । तत्कालीन संसदले महाअभियोग टुंगो लगाउन सकेको थिएन । तर पनि उनी सर्वोच्च फर्किन पाएनन् ।