• कार्तिक ६ २०८३, बिहीबार

सावधान ! यी भूभागमा आज चलिरहेकाे छ हावाहुरी

आश्विन १० २०८३, शनिबार

काठमाडौं । देशका केही भूभागमा यति बेला शनिबार (दिउँसो ३ः१० बजे) हावाहुरी चलिरहेको छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन राति पनि हावाहुरीको पूर्वानुमान छ । “भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि ती प्रदेशहरूमा ठूलो हावा चल्ने सम्भावना छ,” महाशाखाले भनेको छ ।

आइतबार (असोज ११) दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।