• श्रावण २३ २०८३, शनिबार

रुसलाई कम्जोर बनाउन ट्रंपद्वारा यी पाँच देशमाथि सय प्रतिशत भन्सार लगाउने तयारी

श्रावण २३ २०८३, शनिबार

काठमाडौँ l अमेरिकाको माथिल्लो सदन सिनेटले भारतसहित पाँच देशहरूमा १०० प्रतिशतसम्म भन्सार कर लगाउने विधेयक ८६-११ को बहुमतले पारित गरेको छ।

विधेयकअनुसार भारत, चीन, स्लोभाकिया, हंगेरी र अजरबैजानलाई १०० प्रतिशत भन्सार कर लगाउन सकिन्छ। यो विधेयक रिपब्लिकन र डेमोक्र्याटिक दुवै दलको समर्थनमा ल्याइएको हो।

यसको उद्देश्य रुसको तेल राजस्व घटाउनु र यसको युद्ध लड्ने क्षमता कमजोर पार्नु हो।

जुलाई २३ मा रुसबाट तेल र ग्यास खरिद गर्ने देशलाई १०० प्रतिशतसम्म भन्सार कर लगाउन प्रस्ताव गरिएको थियो।

विधेयकको प्रारम्भिक मस्यौदामा ५०० प्रतिशत भन्सार कर प्रस्ताव गरिएको थियो, तर पछि यसलाई १०० प्रतिशतमा झारिएको हो।

यद्यपि यो विधेयक अझै कानुन बनिसकेको छैन। अब यो विधेयक अमेरिकी संसद्‌को तल्लो सदन प्रतिनिधिसभामा पठाइनेछ।