काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पछिल्लो विकसित घटनाक्रमलाई लिएर ६ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
हाल विकसित भएको असामान्य तथा संवेदनशील परिस्थितिको आडमा सामाजिक द्वन्द्व र घटनालाई उपयोग गर्दै नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर पार्ने षड्यन्त्र रहेको नेकपाको ठहर छ ।
पछिल्लो गम्भीर परिस्थिति उत्पत्तिका कारणहरू, झडपका घटनाहरू तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न नेकपाले सरकारसँग माग गरेको छ ।
तराई–मधेसमा उत्पन्न परिस्थितिलाई देश र जनताको हित अनुरूप समाधान गर्नुपर्ने नेकपाको भनाइ छ ।