लन्डन। बेलायतस्थित गोर्खा सैनिक तथा तिनका सन्ततिहरूको नेपाली नागरिकता निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान सिएनसिबिजी (CNCBG) ले यही अगस्ट २, २०२६ मा विशेष जुम बैठक आयोजना गर्ने भएको छ।
विशेष जुम बैठकमा सांसद बिना गुरुङलाई स्वागत गर्नुका साथै अभियानका मागलाई राष्ट्रिय स्वतन्त्र पार्टी, संसद् र सरकारसमक्ष थप प्रभावकारी रूपमा उठाउन सहयोग र समर्थन जुटाउनु बैठकको उद्देश्य रहेको छ।
उक्त बैठकमा नेपालको प्रतिनिधिसभामा गोर्खा सैनिक र तिनका सन्ततिहरूको नेपाली नागरिकता अविछिन्न रूपमा कायम रहनुपर्ने मागलाई सशक्त रूपमा उठाउँदै आउनुभएकी कास्की–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिना गुरुङज्यूको विशेष आतिथ्यता रहनेछ।
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान सिएनसिबिजी (CNCBG) अनुसार यस बैठकमा अभियानमा आबद्ध अभियन्ता, शुभचिन्तक तथा समर्थकहरूलाई बैठकमा सहभागी भई आफ्ना जिज्ञासा राख्न र सुझाव दिन आग्रह गरिएको छ।
सांसद गुरुङसँगको छलफलपछि आगामी अगस्ट ८ मा नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतद्वारा आयोजना हुने ‘विश्व आदिवासी दिवस’ कार्यक्रममा सिएनसिबिजीद्वारा गरिने बृहत् र्यालीमा प्रभावकारी सहभागितालगायत विभिन्न विषयमा समेत छलफल गरिने सिएनसिबिजीका महासचिव भक्त रानाद्वारा जानकारी दिइएको छ । महासचिव रानाद्धारा बैठकको विवरण यस प्रकार रहेको छ ।
बैठक नेपाली समयअनुसार अपराह्न १२:३० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुनेछ।
जुम बैठकको विवरण
मिति : २ अगस्ट, २०२६ (आइतबार)
समय : अपराह्न १२:३० देखि ३: ०० बजेसम्म
मिटिङ आईडी : ८६७ ८२१८ ३२१३
पासकोड : Nepal