अमेरिका–इरान युद्ध सिङ्गो अरब सभ्याता नै सिध्याउने दिशामा उन्मुख हुँदै गएको छ । मध्यपूर्वमा चलिरहेको अमेरिका–इरान युद्ध तेलबाट पानी युद्धमा परिणत हुँदै जाँदा यस्तो सङ्केत देखिएको हो ।
खाडीबाट अथाह तेल दोहन गरिरहेको अमेरिकाले इरानमाथि पनि कब्जा जमाएर थप तेल सित्तैमा आपूर्ति गर्ने उद्देश्यले इरान हमला सुरू गरेपछि स्थितिले भयाबह रूप लिँदै गएको छ ।
विश्वको सर्वोत्कृष्ट सभ्याताको मूल मानिने अमेरिकाबाट यस्ता कार्य हुँदै जानु सर्वथा अनुचित हो ।
तथापि अमेरिकी सभ्याता कमजोर राष्ट्रमाथि सदिऔं देखिको दादागिरीमा अडिएको थियो र छ । पछिल्लो इरान आक्रमणसम्म आउँदा त विश्वका जोकोही साधरण मानिसका लागि यो सत्यतथ्य कहिँकतै पनि लुकेको छैन ।
आफैले युद्ध गर्ने, आफैले सम्झौता गर्ने र आफैले सम्झौता उल्लङ्न गर्दै बम बर्साउने अमेरिकी महाशक्ति आफैले विश्वमा एक ‘नग्न नमूना’ प्रस्तुत गरिरहेको छ । खाडी राष्ट्रमा अन्तरविरोध सिर्जना गरेर एकका विरूद्ध अर्कोलाई उचाल्दै अमेरिका अगि बढिरहेको छ ।
इरानका वरपर रहेका छिमेकी खाडी राष्ट्रमा युद्ध विमानस्थलमा निर्माण गर्दै युद्धक विमान र मिसाइल तथा अमेरिकी सेना तैनाथ गरी इरानमाथि लगातार बम बर्साइरहेको छ । खाडी राष्ट्रहरूको सहयोगमा अमेरिकी दादागिरी दिनप्रतिदिन बढ्दै जानथालेपछि इरानले
अमेरिकालाई सहयोग गरिरहेका सहयोगी खाडी राष्ट्रमाथि हमला केन्द्रित गरिरहेको छ ।
यसै समयमा अमेरिकाले निरन्तर जारी राखेको पछिल्ला बम आक्रमणबाट इरानको होर्मोजगान प्रान्तस्थित बोन्जी क्षेत्रमा रहेको विसाल डिसेलिनेसन प्लान्ट ध्वस्त पारिदिदएको छ । यो वाटर प्लान्टले इरानको कोहेस्तक सहरसहित वरपरका ठूल्ठूला १० गाउँका मानिसलाई पिउने पानी उपलब्ध गराइरहेको थियो ।
इरानी सभ्याता धवस्त पारिदिने चेतावनी दिइरहेको अमेरिकाले इरानी डिसेलिनेसन प्लान्ट (खानेपानी) माथि आक्रमण गर्न थालिसकेपछि इरानले पनि अमेरिकी सहयोगी खाडी राष्ट्रका वाटर प्लान्टमाथि हमला गर्न तयार रहेको देखाएको छ ।
अमेरिकी आक्रमणविरूद्ध हालैका पछिल्ला प्रत्याक्रमणमा कुवेतले इरानी मिसाइल आफ्नो पावर–वाटर डिसेलिनेसन प्लान्टमाथि सिधै खसेको दाबी गरेपछि मध्यपूर्वको तेल युद्ध अबका दिनमा पिउने पानी युद्धमा परिणत हुँदै विषाक्त हुन थालिसकेको छ ।
डिसेलिनेसन प्लान्ट भनेको समुद्रमा रहेको नुनिलो पानीलाई पिउनयोग्य पानीको स्रोतमा परिणत गर्ने उच्च प्रविधियुक्त विधि हो । इरानी सभ्याता नै ध्वस्त पार्ने गरी अमेरिका उद्दत हुँदै गएपछि इरान हमलामा सहयोग गर्ने कुवेत, युएई, साउदी अरब, ओमान, कतारआदि राष्ट्रहरूको जीवन स्रोतका रूपमा रहेका डिसेलिनेसन प्लान्टमाथि हमला गर्न इरान बाध्य हुँदै गएको चेतावनी दिइरहेको छ ।
हुन पनि ‘मरता क्या नही करता’ भनेझैं इरानका लागि मध्यपूर्व देशका खानेपानीका स्रोतमाथि हमला अन्तिम तर बाध्यात्मक बन्दै गइरहेका छन् । अन्याय पनि कति सहनु ! देशमा अमेरिकी आक्रमणबाट चुलिँदै गएको नागरिक नरसंहार र भौतिक संरचनाको विध्वंश आफैमा हृदयविदारक छ । यदि मध्यपूर्वस्थित छिमेकी देशहरूले अमेरिकी आक्रमणमा साथ दिएका हुने थिएनन् भने इरानले आजको भयाबह मानव नरसंहारको स्थिति शायद भोगेको हुने थिएन ।
लामो समयदेखि मध्यपूर्वका खाडी राष्ट्रहरू पिउने पानीका लागि डिसेलिनेसन प्लान्टमा निर्भर रहँदै आएका छन् । यी राष्ट्रमा कुवेत र ओमानले त ९० प्रतिशत पिउने पानी यी वाटर प्लान्टबाट पूर्ति गरिरहेका छन् । अन्य देशमा बहराइनले ८० प्रतिशत भन्दा बढी पानी डिसेलिनेसनबाट आपूर्ति गरिरहेको छ ।
त्यसपछिका देशमा साउदी अरबले ७५ प्रतिशत पिउने पानी यही अत्याधुनिक वाटर प्लान्टबाट आपूर्ति गरिरहेको छ । अनुसन्धानदाताका अनुसार खाडी राष्ट्रमा ५०० को हाराहारीमा यस्ता डिसेलिनेसन प्लान्ट अस्तित्वमा रहँदै आएका छन् ।