• श्रावण ५ २०८३, मंगलवार

चिकित्सकहरुमा चुनावको रौनक, डा. रामकृष्ण यादवको उम्मेदवारीप्रति समर्थन अपिल

श्रावण ४ २०८३, सोमबार

काठमाडौं ।  नेपाल मेडिकल एसोसिएसन (NMA) को निर्वाचनलाई लक्षित गर्दै चिकित्सकहरुको चुनावको रौनक र  सक्रियता बढेको छ।

यही श्रावण २३ गते हुने निर्वाचनका लागि सक्षम, समर्पित तथा सेवाभावी उम्मेदवारका रूपमा प्रस्तुत भएका डा. रामकृष्ण यादवलाई विजयी गराउन मतदातासमक्ष अपिल गरेका  छन।

समर्थकहरूका अनुसार डा. यादव चिकित्सकहरूको हकहित, पेशागत सम्मान तथा स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध उम्मेदवार हुन्। उनी नेतृत्वमा पुगेपछि चिकित्सकहरूको पेशागत अधिकारको संरक्षण, संस्थागत सुदृढीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी पहल हुने विश्वास व्यक्त गरिएको छ।

उनले चिकित्सकहरूको एकता, पारदर्शी नेतृत्व र सेवामुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै सम्पूर्ण मतदातालाई आफ्नो अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।

डा. यादवको चुनावी नाराः
“तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता।”