• श्रावण ५ २०८३, मंगलवार

लगातार दुई विश्वकपमा ‘गोल्डेन बुट’ जित्ने पहिलो खेलाडी बने एम्बाप्पे

श्रावण ४ २०८३, सोमबार

काठमाडौं । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै यो ऐतिहासिक सफलता हात पारेका छन्। एम्बाप्पे फिफा विश्वकप फुटबलको इतिहासमा लगातार दुई संस्करणमा ‘गोल्डेन बुट’ जित्ने पहिलो खेलाडी बनेका  हुन्।

सन् २०२६ को विश्वकपमा एम्बाप्पेले कुल आठ खेल खेल्दै १० गोल गरेका छन्। उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन्। यसअघि कतारमा सम्पन्न सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए। लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने एम्बाप्पे पहिलो खेलाडी हुन्।

यस संस्करणसँगै एम्बाप्पे पुरुष विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनको नाममा हाल २२ गोल पुगेको छ, जुन मेसीभन्दा एक गोल बढी हो।

तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेपछि उनले मेसीलाई उछिनेका हुन्। उक्त खेलमा फ्रान्स ६–४ गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा चौथो स्थानमा सीमित भएको थियो।

साथै, एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्तेनले सन् १९५८ मा १३ र हंगेरीका सान्दोर कोचिसले सन् १९५४ मा ११ गोलसहित कायम गरेका छन्।

यस विश्वकपमा एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध दुई(दुई गोल गरे भने अन्तिम ३२ मा स्विडेन, अन्तिम १६ मा पाराग्वे र क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध पनि गोल गरेका थिए। यद्यपि, स्पेनसँग १–० ले पराजित भएको फाइनल खेलमा भने उनले गोल गर्न सकेनन्।

यस प्रतियोगितामा इंग्ल्यान्डका जुड बेलिङ्घम र नर्वेका एर्लिङ हालान्डले समान सात(सात गोल गरे भने फ्रान्सका उस्मान डेम्बेले र इंग्ल्यान्डका कप्तान ह्यारी केनले समान छ(छ गोल गरेका थिए।