• श्रावण ४ २०८३, सोमबार

अर्थमन्त्री वाग्लेसित भेटेर काठमाडाैं फर्किए लामिछाने, मन्त्री हेरफेरकाे कसरत थप बलियाे

श्रावण ३ २०८३, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट फर्किएका छन् ।

उनी पत्नी निकिता पौडेलसहित आइतबार (साउन ३) अपराह्न काठमाडौं फर्किएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

लामिछाने दम्पती र अर्थमन्त्री स्वर्णिम वाग्ले शनिबार (साउन २) उक्त रिसोर्टमा पुगेका थिए ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको अनुमान छ ।
अर्थमन्त्री वाग्ले पनि केही बेरपछि काठमाडौं फर्कने सुरक्षा स्रोतले जनाएको छ ।