• असार ३२ २०८३, बिहीबार

फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन- अर्जेन्टिना भिड्दै

असार ३२ २०८३, बिहीबार

काठमाडौँ ।  स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि भिड्ने भएका छन्। आ–आफ्नो सेमिफाइनल खेल जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पाखा लगाउँदै स्पेन फाइनल पुगेको हो।

दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै अर्जेन्टिनाले स्पेनसँगको भेट पक्का गरेको हो।

फाइनलमा मेसी र स्पेनका युवा स्टार लामिन यमलबीचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ।