• असार २८ २०८३, आईतवार

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

असार २८ २०८३, आईतवार

काठमाडौं । हास्यकलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको हो ।

शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।

उनको मस्तिष्कबाट निकालिएको ट्युमर कस्तो प्रकृतिको हो भन्ने पत्ता लगाउन परीक्षणका निम्ति प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ ।

दीपाश्री केही दिनअघि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएकी थिइन् ।