काठमाडौँ । फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई पछि पार्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १० औँ मिनेटमै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफमा बराबरीमा रोकिएको हो ।
खेलको ६७ औँ मिनेटमा स्विट्जरल्यान्डका डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले थप दुई गोल गरेर सेमिफाइनल प्रवेश गरेको छ ।