• असार २४ २०८३, बुधबार

रास्वपाकै सांसद भन्छन्,मधेशमा त लोडसेडिङ सुरु भइसक्यो

असार २४ २०८३, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवशंकर यादवले मधेशमा लोडसेडिङ सुरु भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘म भर्खर आज १० बजे मधेशबाट काठमाडौं आएको छु । र मधेशका जनताहरूले आज फेरि पनि एक चोटी लोडसेडिङ भएको महसुस गरिरहेको अवस्था छ’, प्रतिनिधिसभामा बोल्दै उनले भने ।

मधेश प्रदेशमा पटक–पटक बत्ती जाने समस्या रहेको दोहोर्‍याउँदै उनले यसमा सरकारको ध्यानाकर्षण गरे ।
‘मेरो जिल्लाको सिराहा जिल्लामा २८ ठाउँमा ट्रान्फर्मरको आवश्यकता छ । त्यो ट्रान्फर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइराखेको अवस्था छ’,उनले भने, ‘के सरकारले ट्रान्फर्मर किन्न छैन कि बजेट छैन ? त्यो सदनलाई जानकारी दिनुपर्‍यो । र बत्ती जाने जुन समस्या छ त्यो समाधान गर्नुपर्‍यो ।’