• असार २० २०८३, शनिबार

नेकपाकाे विभाजनबाट पलाएकाे निराशाबाट बालेनहरूकाे जन्म भयाे : शंकर पाेखरेल

असार २० २०८३, शनिबार

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसंघर्ष र विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’को उदय भएको टिप्पणी गरेका छन् ।

शनिबार (असार २०) ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले एमालेबाट नयाँ मात्र नभई पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे । महिलाको मानवीय संवेदनशीलतालाई उद्वेलित बनाइएका कारण पार्टीलाई सधै साथ दिने ‘दिदीबहिनी तथा आमाहरू समेत टाढिएका’ उनले उल्लेख गरे ।

तत्कालीन नेकपा गठनका समयमा जनतामा जगाइएको आकांक्षा पूरा हुन नसक्नु, पार्टीभित्रको तीव्र अन्तरसंघर्ष, उक्त पार्टी विघटन र एमालेको विभाजन नै वर्तमान राजनीतिक निराशाको मुख्य कारण भएको उनले औँल्याए ।

उनले पार्टी विभाजनका क्रममा एकले अर्कालाई लगाएका आरोप–प्रत्यारोपले आमजनतामा नकारात्मक सन्देश गएको र त्यही जगमा आजको ‘पपुलिजम’ जन्मिएको विश्लेषण गरे ।