• असार १७ २०८३, बुधबार

अमेरिकामा जन्मिएकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेश सर्वोच्च अदालतद्वारा बदर

असार १७ २०८३, बुधबार

न्यूयाेर्क । अमेरिकामा जन्मिएकै आधारमा नागरिकता नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश सर्वोच्च अदालतले बदर गरिदिएको छ।

कडा आप्रवासन नीतिको मुख्य एजेन्डा बोकेर चुनावमा होमिएका ट्रम्पलाई यो फैसलाले ठूलो रणनीतिक धक्का दिएको छ। अब अवैध अभिभावकबाट जन्मिएका बालबालिका पनि संविधानतः अमेरिकी नागरिक नै हुनेछन्।

अनुदारवादी न्यायाधीशहरूबीच नै देखिएको तीव्र मतभेदका कारण ६–३ को यो फैसला आएको हो। असन्तुष्ट तीन न्यायाधीशले १३० पाना लामो नोट लेख्दै फैसलाको विरोध गरेका छन्।

प्रधानन्यायाधीश जन रोबर्ट्सले फैसलामा प्रस्ट भनेका छन्, अमेरिकी भूमिमा जन्मिएका बालबालिकाहरू स्वतः यहाँका नागरिक हुनेछन्।