काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो ।
उनलाई आज बिहानमात्रै काठमाडौं ल्याइपुर्याइएको हो ।
उनलाई विभागले म्याद थपका लागि भर्खरै विशेष अदालत पुर्याएको हो ।