• असार ५ २०८३, शुक्रबार

जितु नेपालको चलचित्र ‘आईएम जीतबहादुर’ आजबाट देशभर प्रदर्शनमा

असार ५ २०८३, शुक्रबार

काठमाडौं । अभिनेता जितु नेपालले पहिलोपटक निर्माण गरेको चलचित्र आई एम जीतबहादुर आजबाट प्रदर्शनमा आएको छ ।

भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा कलाकार बन्न गाउँबाट सहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्रले सिनेमा हलमा सन्तोषजनक शो पाएको छ । जितु प्रमुख भूमिकामा रहेको चलचित्रमा उनको जोडीका रूपमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन् ।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालसहित अन्य कलाकारलाई समेत विशेष भूमिकामा रहेका छन् ।

चलचित्रमा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

राजन सिंखडा र दीपेन्द्र अधिकारीले जितुलाई निर्माताको रुपमा सघाएका छन् । चलचित्रलाई भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेका छन् ।