• जेष्ठ २५ २०८३, सोमबार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

जेष्ठ २४ २०८३, आईतवार

काठमाडाैं। नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार साताको पहिलो कारोबार दिन नै सुनको मूल्यमा अप्रत्याशित रूपमा प्रतितोला आठ हजार दुई सय रुपैयाँको भारी गिरावट दर्ता भएको हो।

यो ठूलो गिरावट्सँगै आज बजारमा सुनको मूल्य प्रतितोला तीन लाख आठ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ। यसअघि भर्खरै बितेको हप्ताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँको उच्च मूल्यमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको महासंघले जनाएको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला तीन सय ३५ रुपैयाँले सस्तिएको छ। मूल्य घटेपछि आज घरेलु बजारमा चाँदी प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला पाँच हजार दुई सय ३० रुपैयाँ कायम रहेको थियो। आइतबार एकैदिन सुन र चाँदी दुवैको मूल्यमा आएको यो ठूलो गिरावटलाई नेपाली बजारमा विशेष चासोका साथ हेरिएको छ।