काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भ्रातृ संगठनहरूले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले बिहीबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री साहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय संवेदनशील विषयमा गलत सन्देश दिएको आरोप लगाएका छन् ।
उनीहरूले उक्त अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय अखण्डताको रक्षा गरौं, सीमाबारे गलत बोल्न पाइँदैन, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायतका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका थिए ।