• जेष्ठ २० २०८३, बुधबार

आज २०८३ जेठ २० गते बुधबार: यस्तो छ तपाईंको राशिफल

जेष्ठ २० २०८३, बुधबार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जागरमा वृद्धि हुनेछ। पहिलाको उपलब्धिले नयाँ कार्यमा उत्साह जाग्नेछ। चिताएका कार्यहरू सम्पादन गर्न सकिएला। युक्ति पूर्ण व्यवहारले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खर्च बढ्नाले नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुका साथै पायक स्थानमा भ्रमणका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मन प्रशन्न रहनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तत्काल लाभ नभएतापनि पछिको लागि जग बसाउने समय रहेको छ। नकारात्मक विचारबाट मुक्ति मिल्नेछ। नयाँ काम गर्ने जोश जागरमा वृद्धी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक समस्या सुल्झाउनमा समय बित्नेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथले नयाँ उत्साह जाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आफूभन्दा ठूलाप्रति आत्मीय भाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिए पनि काममा स्वयं खटिनुपर्ला। भविष्यलाई लिएर योजना बनाउने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। सानो प्रायासले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ लगानी लगाउने अवसर जुट्नेछ। कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।