काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सिंहलाई ठोरीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले एक संचारमाध्यमलाई जानकारी दिए अनुसार सिंहलाई आज बिहान ६ः१५ बजे ठोरीबाट पक्राउ गरिएको हो ।
सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।