काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रास्वपाका सभापति रवि लामिछानेलाई नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फर्काउनका लागि भारतसँग संवाद गर्न आग्रह गरेका छन्।
रास्वपा सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा यहि जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । त्यसतर्फ लक्ष्य गर्दै अध्यक्ष राईले सभापति लामिछानेलाई अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्न आग्रह गरेका हुन् ।
सभापति लामिछाने सञ्चारकर्मी रहँदा यस्ता विषयमा कुरा उठाउने गरेको पनि अध्यक्ष राईले स्मरण गरे।