काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ। त्यसैगरी स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा कायम भएको छ।
अन्य विकसित मुलुकका मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा कायम भएको छ।
एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
वैदेशिक रोजगारीका मुख्य गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्रा सटहाही दर अन्तर्गत साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा तोकिएको छ।
यस्तै कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ९९ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।
अन्य विभिन्न देशका मुद्राहरू अन्तर्गत थाई भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा तथा स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७० पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा तथा हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तोकिएको छ। त्यसैगरी, नेपाली बजारमा स्थिर विनिमय दर रहेको भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।
केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले आफ्नै हिसाबले तय गर्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने र दैनिक रूपमा अद्यावधिक हुने विनिमय दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने राष्ट्र बैंकले जनाएको छ।