• जेष्ठ २७ २०८३, बुधबार

गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम सुरु

जेष्ठ १२ २०८३, मंगलवार

हेटौंडा । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा मूर्ति निर्माण तालिम कार्यक्रम २०८३ शुभारम्भ भएको छ । एक महिने मूर्ति निर्माण तालिम कार्यक्रमबाट दक्ष तथा आर्थिक रुपमै बलियो बनाउनकोलागि यो कार्यक्रम गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाबाट सामुहिक उद्धाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर लामाले समितिले आयोजना गरेको कार्यक्रम एकदमै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नु भयो–बुद्धको मूर्ति आफ्नै हातले बनाउन पाउनु हाम्रो लागि सौभाग्य हो, बुद्धको मुर्तिलाई हेटौंडामात्र नभई चारैतिर फैलाउनु पर्छ । उहाँले यस्ता खालमा महत्वपूर्ण तालिमलाई तालिमामा मात्र समिति नभई व्यवसायीक रुपमा अगाडि बढाउँदै जानु पर्ने धारणा राख्नु भयो।

मूर्ति निर्माण तालिम कार्यक्रम २०८३ शुभारम्भ कार्यक्रमको अध्यक्षमा विकास समितिको सदस्य निरबहादुर घलानले गर्नु भएको थियो । मूर्ति निर्माण तालिम कार्यक्रममा सातवटा जिल्लाबाट ४० जना लामाहरु सहभागी भएका छन्।

उक्त तालिम ङ्येमा होयीस्हेर गुम्बा, हेटौंडा उपमहानगरपालिका–१५, मकवानपुर भएको हो। हैटौंडामा भएको पहिलो पटकको मूर्ति निर्माण तालिमलाई सहभागीहरुले जति सक्दो सदुपयोग गरी व्यवसायीक रुपमा अगाडि बढाउँदै आर्थिक रुपमा आत्मानिर्भर हुन समेत यो तालिमले टेवा पुग्ने समितिले विश्वास लिएको छ। समितिले आयोजना गरेको तालिम एक महिनासम्म सञ्चालन हुनेछ ।