• बैशाख २७ २०८३, आईतवार

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

बैशाख २७ २०८३, आईतवार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जस अनुसार आज धेरैजसो प्रमुख मुद्राहरूको दर स्थिर देखिएको छ।

केन्द्रीय बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकेको छ। युरोपियन युरोको मूल्यमा पनि शनिबारको तुलनामा कुनै हेरफेर भएको छैन। आज युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

त्यसैगरी, बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा रहँदा स्वीस फ्रयाङ्कको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा कायम भएको छ भने क्यानेडियन डलरको बिक्रीदर ११० रुपैयाँ ९९ पैसा रहेको छ। सिङ्गापुर डलरलाई भने आज ११९ रुपैयाँ ४९ पैसासम्ममा बिक्री गर्न सकिने बैंकले जनाएको छ।

एसियाली मुद्राहरूको कुरा गर्दा जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा तोकिएको छ। वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकहरूको मुद्रातर्फ साउदी रियालको खरिददर ४० रुपैयाँ २२ पैसा, कतारी रियालको ४१ रुपैयाँ ४१ पैसा र युएई दिरामको खरिददर ४१ रुपैयाँ ०८ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट एकको बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा र साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

यस्तै कुवेती दिनारको बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा पुग्दा बहराइन दिनारको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र ओमनी रियालको ३९१ रुपैयाँ ८९ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत राखिएको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर यसभन्दा केही फरक हुनसक्ने स्पष्ट पारेको छ।