काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।
बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने बताइएको छ ।
सचिवालय बैठकको कार्यसूची यस्तो छ :१) भेला, अधिवेशन विशेष तालिका ।२) आयोग, विभाग पदाधिकारी मनोनयन ।३) जिल्ला समिति विघटन ।४) अनुशासनात्मक कारबाही सम्बन्धमा।५) केन्द्रीय समिति बैठक ।६) विविध ।