• बैशाख २४ २०८३, बिहीबार

सार्वजनिक पाेखरी मासेर बनाएकाे भन्दै छाँया सेन्टर पनि भत्काउन माग गर्दै प्रदर्शन

बैशाख २४ २०८३, बिहीबार

काठमाडौँ । सरकारले सार्वजनिक जग्गाहरू धमाधम भत्काइ जनता घरबार विहीन बनिरहेकाे बेला ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छाँयादेवी कम्प्लेक्स पनि तत्काल भत्काउन माग गर्दै प्रदर्शन भएको छ ।

बिहीबार सो कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोल लगायतले प्रदर्शन गरेका हुन् ।
उनीहरुले कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका हुन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी