काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । टोखा नगरपालिका–१, शिवपुरीको जंगलभित्र महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, शव तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको भएको खुलेको छ ।
उनी वैशाख ११ गतेदेखि हराएको खुलेको हो । प्रहरीले सरिताको हत्याको आशंकामा टोखाकै अनिल डंगोललाई पक्राउ गरेको छ । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा तिवारी र अनिल एक वर्षदेखि सम्पर्कमा रहेको खुलेको छ । अनिलले शिवपुरी जंगलमै सरिताको हत्या गरेको प्रहरीले जनाएको छ ।