काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले बालेन शाह सरकार लक्षित टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्यालले प्रधानमन्त्री शाहको कामकारबाहीलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् । अर्यालले साहस के हो र दुस्साहस के हो ? भन्ने छुट्याउनुपर्ने बताए । उनले दुस्साहस आत्मघाती हुने भएकोले त्याग्नुपर्ने बताए।
देशमा विधिको शासनसहितको समन्यायिक सन्तुलन कायम रहनुपर्नेमा उनले जोड दिए । मुलुक, मानवता र संविधानमा क्षति पुग्न नहुने समेत बताए ।
अहिले सरकारले सुकुमबासी बस्ती हटाइरहेको छ । व्यवस्थापन बिना नै बस्ती हटाइएको भन्दै विरोध समेत भइरहेको छ।