• बैशाख १५ २०८३, मंगलवार

आज ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

बैशाख १५ २०८३, मंगलवार

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

सोमबार सुन तोलामा तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १०० रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  । हिजो सोमबार चाँदी तोलामा पाँच हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।