• बैशाख १३ २०८३, आईतवार

मनोहरा नदी किनार क्षेत्रका बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति,डोजर चलाइने

बैशाख १३ २०८३, आईतवार

काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन आज बिहानैदेखि बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ । आज सुकुमबासी बस्तीमा डोजर चलाइने भएको छ ।

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।

मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ ।