• बैशाख ११ २०८३, शुक्रबार

सुकुम्बासी बस्ती हटाउने तयारी बारे रास्वापामा कुनै छलफल नभएकाे खुलासा

बैशाख ११ २०८३, शुक्रबार

काठमाडाैं । सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै छलफल नै नभएकाे पाइएकाे छ ।
रास्वपा प्रवक्ता एवं सांसद मनिष झाले सरकारले गरिरहेका निर्णयका बारेमा पार्टीमा कुनै छलफल नभएको एक संचारमाध्यमसित बताएका छन्।
‘सरकारले सुकुम्बासी बस्ती हटाउन लिएको निर्णयका विषयमा पार्टीभित्र औपचारिक छलफल भएको छैन, यसबारे सरकारकै प्रवक्तालाई सोध्नु,’ झाले भने।

सरकारले लिएको निर्णयबारे सत्तारूढ रास्वपा पनि जवाफदेही हुनुपर्ला नि भन्ने प्रश्नमा प्रवक्ता झाले यसबारे पार्टीभित्र अनौपचारिक छलफल भएको बताए ।

‘सरकारका निर्णयबारे प्रश्न उठेपछि छलफल हुनु स्वभाविक भयो,’ उनले भने, ‘अनौपचारिक छलफल भएको छ, औपचारिक रुपमा सरकारले कुनै जानकारी गराएको छैन, पार्टीभित्र पनि कुनै छलफल र निर्णय भएको छैन।’

सरकारले लिएका निर्णयबारे सरकारकै प्रवक्तालाई सोध्न आग्रह गरेका उनले पार्टीको औपचारिक निर्णय आएपछि मात्र आफूले बोल्न सक्ने बताए।