• बैशाख १० २०८३, बिहीबार

गृहमन्त्री गुरुङलाई धम्की दिएकाे अभियाेगमा विष्ट पक्राउ

बैशाख ७ २०८३, सोमबार

काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई धम्की दिने युवा पक्राउ परेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाको माग गर्दै सामाजिक सञ्जालबाट मन्त्री गुरुङलाई धम्क्याउने युवा पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सानुभाइ भनिने साजन विष्टलाई पक्राउ गरेको हो । कार्यालयको टोलीले उनलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको थियो ।