काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकका लागि ९ वटा एजेण्डा तय गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको हो ।
प्रवक्ता झाले बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारमा केन्द्रित रहने जानकारी दिए ।
बैठकमा पार्टीका गतिविधिबारे ब्रिफिङ तथा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ ।
यस्तै, केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि छलफल हुनेछ ।
बैठकले सचिवालयले गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न विषयमा निर्णय लिनेछ।
यस्तो छ केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची–
१) पार्टी गतिविधि व्रिफिङ ।२) केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)३) केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।४) महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।५) विधान संशोधन सम्बन्धमा ।६) स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा ।७) प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।८) सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।९) विविधःक) विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।ख) विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।ग) संसदीय दलको विधान संशोधन सम्बन्धमा ।